जनकपुरधाम, २२ भाद्र । । प्रदेश २ लोकसेवा आयोगका अध्यक्ष प्रा. डा. सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले गत भदौ ५ गते डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरेको थियो । आइतबार मधेश भवनको कभर्ड हलमा आयोजित एक समारोहकाबीच लोकसेवा आयोगमा तीन साताअघि नियुक्त यादवलाई शपथ ग्रहण गराइएको हो ।
प्रदेश प्रमुख कायस्थले यादवलाई शपथ ग्रहण गराइरहँदा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका मन्त्री, प्रदेश सांसद, कर्मचारीसहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया