प्रदेश नं २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरु बढे : यादव

राजनीति

2/16/2020

विराटनगर, ५ फागुन । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ को सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यादवले प्रदेश नं २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरु भएपनि राष्ट्रिय जनता पार्टीसँगको सहकार्य जारी रहने बताए ।

साथै उनले समाजवादी र राजपाबीच आगामी दिनमा एकीकरण हुने बताए । सबैको स्वामित्व हुने गरी संविधान संशोधन तथा परिमार्जन नभएमा गणतन्त्र अगाडि बढ्न नसक्ने उनले बताए ।

प्रश्नको जवाफमा समाजवादीका अध्यक्षा यादवले संविधान संशोधनको शर्तका आधारमा पार्टी सरकारमा सहभागी भएको जानकारी दिँदै संविधान संशोधन नहुने भएपछि सरकारबाट बाहिरिएको बताए । अध्यक्ष यादवले संविधान संशोधनका लागि पहिले सदनबाट संघर्ष गर्ने अन्यथा सडकबाट विद्रोह सुरु गर्ने बताए ।

संसदीय संरचना, शासकीय स्वरूप तथा राज्य पुनःसंरचनाका सवालमा संविधान संशोधन हुनुपर्ने उाको जोड थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग संसद्प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै यादवले पूर्वाग्रहको आधारमा कारवाही नगरी सबैलाई समान व्यवहार गर्नुपर्ने तथा प्रश्न उठेकाप्रति छानबिन हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ