काठमाडौं, १८ कार्तिक । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई अनायासै पदमुक्त गरेको निर्णयप्रति साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमुखहरूलाई हालको प्रमुख प्रतिपक्षी र तत्कालीन सत्तारूढ पार्टी नेपाली कांग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण रहेको साझा पार्टीको ठहर छ ।
‘सरकारको उक्त निर्णय पूर्वाग्रह र दूराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको गैर–राजनीतिक कदम पनि हो । यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन सक्दैन ।’ साझाको विज्ञप्तिमा उल्लेख छ ।
दुई तिहाई समर्थन प्राप्त शक्तिशाली सरकारले देशलाई विकास र सम्वृद्धिको मार्गमा डोर्याउन गर्नु पर्ने अनगिन्ति कामहरू छन् तर सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरि ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय हो ।
तपाईको प्रतिक्रिया