प्रदेश १ को स्थायी राजधानी विराटनगर हुने

राजनीति

5/6/2019

विराटनगर, २२ बैशाख । प्रदेश नं. १ को स्थायी राजधानी विराटनगरमै राखिएको छ । प्रदेश १ का सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव दर्ता गराएको छ ।

नेकपा संसदीय दलको निर्णयअनुसार स्थायी राजधानीका लागि विराटनगर प्रस्ताव दर्ता भएको छ ।

राजधानी विराटनगर रहने तर, कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने नेकपा संसदीय दलको निर्णय छ ।

सत्तारुढ नेकपाकै तीन सांसदले धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव राखेका छन् । प्रदेशको स्थायी राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ