प्रदेश २ को नाम छिट्टै ‘मधेश’ नै घोषणा हुन्छ : उपप्रधानमन्त्री यादव

राजनीति

8/29/2019

वीरगन्ज, १२ भाद्र । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले छिट्टै प्रदेश २ को नाम ‘मधेश’ घोषणा हुने बताएका छन् ।

प्रदेश २ को नामका सन्दर्भमा घनिभूत बहस भइरहेको बेला समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्षसमेत रहेका मन्त्री यादवले प्रदेश २ को नाम ‘मधेश’ नै तोकिने दाबी गरेका हुन् ।

समाजवादी पार्टीले बुधबार वीरगंजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले भने, ‘म विश्वस्त छु यो प्रदेशको नाम मधेश नै घोषणा हुन्छ ।’

कार्यक्रममा सहभागी भएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीतर्फ हेर्दै यादवले प्रदेश नम्बर २ को नाम ‘मधेश’ प्रदेश छिटै सुन्न पाउने आशा व्यक्त गरेको बताए ।

प्रदेशको नामाकरणका लागि प्रदेशसभा संसदमा सबै राजनीतिक दलहरुको आआफ्नै धारणाहरु रहेका छन् । प्रदेश २ को नामांकरणका लागि चार वटा नाम प्रस्ताव भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपाले जानकी, नेपाली कांग्रेसले मिथिला र केही सांसदले मध्यमधेश प्रस्ताव दताए गराएका छन् भने सत्तारुढ समाजवादी–राजपाले संयुक्त रुपमै प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ