जनकपुरधाम, २५ चैत । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मुख्यद्वारमै जनकपुर चुरोट कारखाना लिमिटेडको बोर्ड झुण्ड्याइएको छ ।
प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा झुण्ड्याइएको जचुकालीको बोर्डबारे प्रदेश सरकार अनभिज्ञता प्रकट गरिरहेको छ ।
त्यो बोर्ड कसले र किन लगाए त्यसबारे प्रदेश सरकार वा मन्त्रीहरुलई केही थाहा नभएको एक मन्त्रीले बताएका छन् ।
हाल प्रदेश २ को मन्त्रिपरिषद् कार्यालय पहिला जचुकालीकै थियो । विगत लामो समयदेखि बन्द अवस्थामा रहेको जचुकालीलाई पुनः सञ्चालन गरिने चर्चा छ ।
प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ‘मधेश भवन’ भनेर नामाकरण गरेको हो ।
प्रदेश २ का पर्यटन, उद्योग, वन तथा वातावारण राज्यमन्त्री सुरेश मण्डलले यसबारे प्रतिक्रिया दिँदै भने, ‘जचुकालीको बोर्ड झुण्ड्याउनु कुनै ठूलो कुरा होइन ।’
चुकालीको बोर्ड कसले र किन लगाए यसबारे आफूहरुलाई जानकारी नभएको राज्यमन्त्री मण्डलले मधेशवाणीलाई बताएका छन् ।
हालसम्म प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम रहेको र स्थायी राजधानी अन्तै सार्न लागिएको आशंका गरिँदै छ ।
तपाईको प्रतिक्रिया