प्रदेश २ मा नेकपाको सरकार दिवास्वप्न : सांसद यादव

राजनीति

5/2/2019

काठमाडौं, १९ वैशाख । संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नेकपा अध्यक्ष प्रचण्डलाई दिवास्वप्न नदेख्न आग्रह गरेका छन् ।

उनले प्रदेश २ मा मधेशी गठबन्धनको सरकारलाई कसैले पनि हलाउनसमेत नसक्ने दाबी गरेका छन् । उनले भने, ‘प्रदेश २ मा नेकपाको सरकार बन्छ भन्ने दिवास्वप्न प्रचण्डले देख्दैछन् ।’ प्रचण्डले मंगलबार अमर यादवसहितका केही नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रदेश २ मा नेकपाको सरकार आवश्यक रहेको बताएका थिए ।

प्रचण्डको सो अभिव्यक्तिप्रति मधेशकेन्द्रित दल राजपा र फोरमका नेताहरुले कडारुपमा आलोचना गरेका छन् ।
फोरमको पर्सा अध्यक्ष समेत रहेका यादवले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिवास्वन नदेख्न सचेत गराएका छन् । प्रदेश नम्बर २ मा छिट्टै नेकपाको सरकार बन्ने प्रचण्डको अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद यादवले प्रचण्डलाई यथार्थमा जिउन आग्रह गरेका हुन् ।

प्रदेश नम्बर २ को सरकारले गरेको राम्रो कामबाट आत्तिएर प्रचण्डले यस्ता अभिव्यक्ति दिँदै हिडेको सांसद यादवको भनाई छ । ‘अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेश सरकारले निकै राम्रो काम गरिरहेको छ,’ यादवले भने, ‘मधेशवादी दलले चलाएको सरकारले राम्रो काम गर्यो भनेर नेकपाको सातो गएको हो ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ