प्रदेश २ मा नेकपा र कांग्रेसको अवरोध, जनता आवास कार्यक्रमको कार्यविधि माग

राजनीति

5/4/2019

जनकपुरधाम, २० बैशाख । प्रदेश २ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले अवरोध गरेको छ । नेकपा र कांग्रेसको अवरोधका कारण प्रदेशसभा चल्न सकेको छ ।

नेकपा र कांग्रेसले जनता आवास कार्यक्रमको कार्यविधिबारे सरकारको जवाफ नआएसम्म बैठक चल्न नदिने उद्घोष गरेका छन् ।

कार्य व्यवस्था परामर्श समितिकै बैठकमा प्रतिपक्षीले अवरुद्व गर्ने जनाएपछि मुख्यमन्त्री बैठकमा सहभागी नभइकनै फर्किएका थिए ।

प्रमुख प्रतिपक्षी एकमत भएर बैठक अवरुद्व गरेपछि अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ । यसअघि वैशाख ११ गते, १६ गते बैठक आह्वान गरिए पनि बस्न सकेको थिएन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ