प्रदेश २ मा सरकार परिवर्तनको पक्षमा छैनौं : प्रचण्ड

राजनीति

3/10/2019

रौतहट, २५ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।

नेकपाद्वारा रौतहटको गरूडामा आयोजित प्रदेश नं २ स्तरीय आमसभामा अध्यक्ष दाहालले प्रदेश नं २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार नगरेको बताए ।

अध्यक्ष दाहालले आफ्नो दल प्रदेश नं २ को सरकारलाई उदारतापूर्वक काम गर्न दिने पक्षमा रहेको बताए ।

कम्युनिष्ट सरकारका बारेमा तराई मधेश विरोधीको भ्रम फैलाउने प्रयास भइरहेको प्रति सजग रहन आम जनसमुदायलाई आग्रह गर्दैै उनले सरकारले तराई मधेशका लागि विशेष परियोजना कार्यान्वयन गरेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ