जनकपुरधाम, १४ माघ । प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा.डिम्पल कुमारी झाले राजीनामा दिएकी छन् ।
मंगलबार राज्यमन्त्री झाले राजीनामा पत्र सार्वजनिक गर्दै ‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र पदीय प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकूल हुने अवस्था नरहेको राज्यमन्त्री पदबाट राजीनामा गरेको छु ।’ भनेकी छन् ।
सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गर्दै आफू सरकारको अनियमितताको साक्षी बस्न नसक्ने भएकोले राजीनामा गर्न बाध्य भएको डा.झाले मधेशवाणीलाई बताइन् ।
उनले मुख्यमन्त्रीको कामप्रति बढी असन्तुष्ट रहेको मधेशवाणीसँगको कुराकानीमा बताइन् । बेटी बचाउ बेटी पढाउ अभियानमा नाममा पनि व्यापक अनियमितता भएको उनको गुनासो छ ।
तपाईको प्रतिक्रिया