प्रधानमन्त्री ओलीद्वारा वेलायती प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना

राजनीति

7/25/2019

काठमाडौं,९ साउन । प्रधानमन्त्री केपीशर्मा ओलीले वेलायतका नवनिर्वाचित प्रधानमन्त्री वोरिस जोन्सनलाई वधाई तथा शुभकामना सन्देश पठाएका छन् ।

आफ्ना वेलायती समकक्षीलाई वधाई ज्ञापन गर्दै पठाएको पत्रमा प्रधानमन्त्री ओलीले नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गरेका छन् । “नेपालको दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्र राष्टक वेलायत नै हो ” प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन् “आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ ।” 

प्रधानमन्त्री ओलीले सन्र्दभवश, आफ्नो भर्खरै भएको वेलायतयात्राको प्रसंग उल्लेख गर्दै भनेका छन् – “तत्कालीन प्रधानमन्त्री मेका साथै सांसद र व्यापारिक समूदायसँगको अन्तरकृयाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदान प्रदानका विषयमा जोड दिइएको थियो ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ