नवलपुर, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाको सदरमुकाम शिलान्यास गरेका छन् ।
शनिबार कावासोतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानमा यस क्षेत्रलाई जिल्ला कायम गर्न आफूले धेरै मेहनत गर्नु परेको बताए ।
“यस क्षेत्रलाई जिल्लाको रुपमा स्थापित गराउन र यसलाई प्रदेश नं ४ मा राखेर भारतसँग सिमाना जोडाउन मैले धेरै जना नेताहरुलाई सम्झाउनु प¥यो” प्रधानमन्त्री ओलीले भने “अब यो नयाँ जिल्लाले आफूलाई देशकै नमुना जिल्लाको रुपमा पहिचान बनाउनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले आगामी तीन वर्षभित्र हरेक घरमा बिजुली पु¥याइने बताएका छन् । “केही वर्षभित्र दाउन्नेका पहाडमा सुरुंग मार्ग बनाउँछौं” प्रधानमन्त्री ओलीले भने “धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गर्छौं र हजारौंलाई रोजगारी पनि दिन्छौं ।”
तपाईको प्रतिक्रिया