काठमाडौं, २ बैशाख । पूर्वपत्रकार रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिको नाममा नामसारी भएको घटना सार्वजनिक भएपछि त्यसको विरोधमा विवेकशील साझाले प्रधानमन्त्री निवासअगाडि सोमबार प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री निवासको जग्गा नै गम्भीर अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले जानकारी दिए ।
तपाईको प्रतिक्रिया