वीरगन्ज, १० भाद्र । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्राप्त अधिकारको रक्षा गर्ने बेला आएको बताएका छन् ।
समाजवादी पार्टीका अध्यक्षसमेत रहेका मन्त्री यादवले अधिकार प्राप्तिको आन्दोलनसँग प्राप्त अधिकारको रक्षा गर्ने बेला आएको धारणा राखेका छन् ।
वीरगन्जमा नव निर्मित बस टर्मिनलको मंगलबार उद्घाटन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले संघीयता र गणतन्त्रमा चारैतिरबाट ग्रहण लागि रहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।
उनले संघीयता र गणतन्त्रलाई समाप्त पारेर पुरानै व्यवस्थामा लैजानेहरुको सक्रियता बढेको बताए ।
मुलुक एकात्मक राज्य व्यवस्थाबाट संघीय गणतन्त्रमा जानु, राजतन्त्रको अन्त्य हुनु, तीन तहको सरकार बन्नु युगान्तकारी परिवर्तन भएपनि अझै मधेशी जनतामाथि भेदभाव, महिलामाथि विभेद, आदिवासी, जनजाति मुस्लिम पछाडी परेका वर्गमाथि शोषण कायमै रहेकोले त्यसको अन्त्यका लागि आफूहरु लागि परेको उनले बताए ।
तपाईको प्रतिक्रिया