काठमाडौं, १० भाद्र । काममा असहयोग भएको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले दिएको राजीनामा अस्वीकृत भएको छ ।
नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्कन निर्देशन दिएको छ । साहले रौतहटमा वरिष्ठ नेता माधवकुमार नेपालकै कारण पार्टी एकीकरणको काम हुन नसकेको आरोपसमेत लगाएका थिए । तर, रौतहटमै पूर्वमाओवादी पक्षका अशोक जयसवाललगायतका नेताले पत्रकार सम्मेलन गरी प्रभु साहले मनोमानी गरेकाले समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।
दुई दशक लगानी गरेको कार्यकर्तालाई बाइपास गरेर मन्त्री र पार्टी अध्यक्षको पावर प्रयोग गरेर जिल्लाको कुनै नेतालाई दमन गरेर प्रभु साह आफु अगाडि आउन लागेको जयसवालको भनाई छ ।
मधेशवाणीसँगको कुराकानीमा जयसवालले नयाँ पदको लागि बार्गेनिङ गर्नका लागि प्रदेश २ को कमिटी अध्यक्षबाट प्रभु साहले राजीनामा दिएको र यो जनता भुक्याउने खेल मात्र भएका आरोप लगाएका थिए ।
तपाईको प्रतिक्रिया