जनकपुरधाम,२ कार्तिक । सांसद प्रमोद साहको रिहाईको माग गर्दै राजपा नेपाल धनुषाले गृहमन्त्री रामबहादुर थापा बादल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका पुत्ला दहन गरेको छ । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै मन्त्रीहरुको पुत्ला दहन गरिएको हो ।
त्यस्तै राजपाले सप्तरीको सदरमुकाम राजविराजमा पनि गृहमन्त्री थापाको पुत्ला दहन गरेको छ । यता, वीरगञ्जमा पनि राष्ट्रिय जनता पार्टी नेपाल निकट विद्यार्थी संगठनले पनि सांसद साहको रिहाईको माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेको छ ।
सो पार्टीको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघ पर्साले ठाकुरराम बहुमुखी ठाकुरराम बहुमुखी क्याम्पस अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको हो ।
तपाईको प्रतिक्रिया