पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन

राजनीति

7/26/2019

राजविराज, १० साउन । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको शुक्रबार बिहान निधन भएको छ ।

सप्तरीको राजविराज नगरपालिका निवासी उनको शुक्रबार बिहान आफ्नै निवासमा निधन भएको छोरा सुमनप्रसाद सिंहले जानकारी दिए ।

१९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित ८७ वर्षीय सिंह ०१९ देखि ०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्य मन्त्रीको कार्यभार सम्हालेका थिए ।

मुलुकमा प्रजातन्त्र स्थापनापछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताएका थिए ।

उनका दुई छोरा र छोरी छन् । उनका जेठो छोरा डा. रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ