सप्तरी, ९ चैत । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकारको प्रहरीमा महिलाका लागि ५० प्रतिशत सिट आरक्षित गर्ने बताएका छन् ।
शनिबार सप्तरीको कञ्चनरूपमा विराट नवाह ज्ञान महायज्ञ समापन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका छन् ।
उनले छोरीलाई बोझ र अभिशापको रुपमा नहेर्न आग्रह गर्दै भने, ‘प्रदेश सरकारले ल्याउने प्रहरी र निजामती ऐनका साथै लोकसेवा गठनपछि प्रहरीमा ५० प्रतिशत महिलाको सिट आरक्षित हुनेछ ।’
कञ्चनरुप १२ श्रावणपुरमा गत चैत १ देखि शुरु भएको श्री पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महामहोत्सव श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको शनिबार सम्पन्न भएको छ ।
तपाईको प्रतिक्रिया