इलाम, २ चैत । नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको छ । पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै नाका बन्द गरेको हो ।
नेपालतिरबाट भारत जाने र उताबाट भित्रिनै सवारी साधन नाका बन्द भएपछि ठप्प रहेको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । कोरोना नियन्त्रणकै लागि सूर्याेदय नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारले पशुपतिनगरका २ स्थानमा हेल्प डेस्क राखेर मानिसको तापक्रम जाँच गरिरहेका छन् । हेल्प डेस्कका लागि ६ स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
तपाईको प्रतिक्रिया