पहिचान विरोधीहरूलाई टेवा दिनु सर्पलाई दुध ख्वाउनुजस्तै हो : सहअध्यक्ष श्रेष्ठ

राजनीति

2/24/2019

काठमाडौं, ११ फागुन । संघीय समाजवादी फोरम, नेपाल काठमाडौँ महानगरपालिका वडा नं १३ को प्रथम वडा अधिवेशन शनिवार कालिमाटीस्थित एफ टेन ब्यान्क्वेटमा सम्पन्न भएको छ ।

एक भव्य समारोहका बिच उक्त अधिवेशनको उद्घाटन गर्दै पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले अहिले कतिपय नेपाली काङ्ग्रेस र कम्युनिष्ट पार्टीलाई मत हाल्ने साथीहरूले आफूसँग भेट्दा ३ नम्बर प्रदेशको नाम नेवाःताम्सालिङ हुनु पर्छ, नेपालमण्डल हुनु पर्छ भन्ने गरेको तर पार्टीमा भने कुनै भुमिका नखेलेको भन्दै खाइसि रोपेर सुन्तला नफल्ने बताए ।

उनले भने ‘सच्चा सङ्घवादीहरूले मात्र पहिचान र अधिकार सहितको सङ्घीयतालाई आत्मसात गर्दछ । पहिचानविरोधीहरूलाई टेवा दिनु सर्पलाई दुध ख्वाउनुजस्तै हो ।’

प्रमुख अतिथि श्रेष्ठले मातृभाषामा शिक्षा दिने स्कूल खोल्नका लागि पहल थालेकोमा ललितपुर महानगरपालिकालाई धन्यवाद दिंदै काठमाडौँ महानगरपालिका किन सुतिरहेको छ ? भन्ने प्रश्न गरे ।

उनले भने, ‘यदि काठमाडौँ महानगरपालिकामा हामीले जितेको भए अहिले नेपालभाषाको माध्यमबाट पढाउने स्कूल खोल्ने तथा महानगरपालिकामा सेवाका लागि नेपालभाषा पनि जानेको हुनुपर्ने व्यवस्था भइ सक्थ्यो ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ