वीरगंज, २ चैत । संघीय समाजवादी फोरम नेपालको बसेको जिल्ला कार्य समितीको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
फोरम नेपालका जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवको अध्यक्षतामा बसेको जिल्ला कार्य समितिको बैठकले यही चैत्र १५ गते सम्ममा वडा, गाउँपालिका, नगर तथा महानगरको अधिवेशन अनिवार्य रुपमा सम्पन्न गर्ने गरी विभिन्न कमिटीहरु गठन गरेको हो ।
वडा अधिवेशनका लागि जिल्ला सदस्यहरुलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी गाउँपालिका, नगर तथा महानगरको अधिवेशनका लागि जिल्ला कार्य सम्पादन समितिको बैठकबाट निर्णय गरिने फोरम नेपालका जिल्ला उपाध्यक्ष सुन्दर कुर्मीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया