फोरमको पर्सा अध्यक्षमा चौथो पटक यादव निर्वाचित

राजनीति

4/16/2019

वीरगंज, ३ बैशाख । संघीय समाजवादी फोरम नेपाल पर्साकोे अध्यक्षमा प्रतिनिधिसभा सदस्य प्रदिप यादव चौथो पटक अत्याधिक मतले निर्वाचित भएका छन् ।

वीरगंजको मुर्र्लीमा रहेको वीरगंज पार्टी प्यालेसमा आयोजित प्रथम जिल्ला समन्वय समिति गठन कार्यक्रममा सर्वसहमत रुपमा सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट भएको मतदानबाट पुन पर्सा जिल्लाको अध्यक्षमा सांसद यादव अत्याधिक मतले निवार्चित भएका हुन् ।

फोरम नेपालको पर्सा जिल्ला अध्यक्ष पदका लागि भएको निर्वाचनमा सांसद प्रदिप यादव र प्रदेश सांसद अब्दुल रहिम अंसारीबीच प्रतिस्पर्धा भएको थियो ।

अध्यक्ष पदका लागि भएको मतदानमा सांसद यादवले अत्याधिक ४० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी अंसारीले ४ मत ल्याएर चित्त बुझाएका थिए ।

जसमा २ वटा मत बदर भएको थियो । १४ वटा स्थानीय तहमध्ये प्रत्येक गाउँपालिकाबाट ३-३ मत, नगरपालिकाहरुबाट ३-३ मत र महानगरपालिकाबाट ७ मत गरी ४६ वटा मत खसेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ