काठमाडौं, ८ चैत । मधेशका दुई ठूला राजनीतिक दलहरूबीच पार्टी एकीकरण प्रक्रिया सुरू भएको छ ।
एक महिनाअघि संघीय समाजवादी फोरमले राजपा नेपाललाई पार्टी एकीकरणको प्रस्तावसहित पत्र पठाए पचि राजपाले राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।
विचार मिल्ने पार्टीसँग एकता गर्न भन्दै राजपाले वार्ताका लागि बिषेशचन्द्र लाल, रमेश यादव, केशव झा, सुनिल रोहितसतिहका नेताहरू सदस्य रहेको समिति बनाएको छ ।
सिके राउत नेतृत्वको समुह राजनीतिको मूलधारमा आउने गरी सरकारसँग ११ बुँदे सहमझदारीसँग थप दवावमा परेका राजपा पार्टी एकताका लागि साकारात्मक देखिएको हो ।
फागुन २९ गतेदेखि चैत १ गतेसम्म काठमाडौंको ह्यात होटलमा बसेको राजपा नेपालको गोप्य बैठकले वार्ता समिति बनाउने निर्णय गरेको हो ।
चैत १ गते फोरम नेपाललगायत विभिन्न दलसँग वार्ता गर्नका लागि राजेन्द्र महतोलाई संयोजक तोकेको थियो तर सो वार्ता समिति चैत ५ गते मात्र पूर्णता पाएको छ ।
फोरम नेपालले मंसिर २३ गते केन्द्रीय समितिको बैठकबाट पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । वार्ता समिति गठन गरे पनि हालसम्म राजपा नेपालसँग औपचारिक वार्ता भएको छैन ।
फोरम नेपालले वार्ता समिति गठन गरेको कुरा आफूहरूलाई औपचारिक जानकारी नआएको राजपा नेपालले बताउँदै आएको थियो । त्यसपछि फोरम नेपालले एक महिनाअघि औपचारिक पत्र नै पठाएको थियो ।
सो पत्रको आधारमा नै राजपा नेपालले आफ्नो तर्फबाट पनि वार्ता समिति गठन गरेको हो । वार्ता समिति बनेपति राजपा नेपालले पनि फोरम नेपाललाई वार्ताका लागि पत्र पठाएको छ ।
तपाईको प्रतिक्रिया