फोरम नेपालको मधेश प्रदेश अध्यक्षमा मन्त्री यादव निर्वाचित

राजनीति

4/30/2019

जनकपुरधाम, १७ बैशाख । संघीय समाजवादी फोरम नेपालको मधेश प्रदेश अध्यक्षमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव निर्वाचित भएका छन् ।

सोमबार राति सिरहाको लहानमा भएको प्रदेश अधिवेशनमा मन्त्री यादवले रेणु यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

मन्त्री यादव फोरमको केन्द्रीय कोषाध्यक्ष समेत हुन् भने रेणु यादव केन्द्रीय उपाध्यक्ष तथा यसअघि प्रदेश अध्यक्षसमेत हुन् ।

मन्त्री यादवले रेणु यादवलाई ३७ मतान्तरले पराजित गरेका छन् । विजयले १ सय ८४ मत पाए भने रेणुले १ सय ४७ मत प्राप्त गरिन् ।

प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । अध्यक्ष र सदस्यको निर्वाचन भएपश्चात १० जना मनोनित गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ