फोरम नेपालको शिवराजमा चौधरी

राजनीति

4/26/2019

कपिलवस्तु, १३ बैशाख । संघीय समाजवादी फोरम नेपाल शिवराज नगरपालिकाको प्रथम अधिवेशनले कृष्णकुमार चौधरीकोे अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा प्रमिला थारु, सचिवमा पारस केवट, सहसचिवमा मैनाज खाँ, कोषाध्यक्षमा किशलावती यादव सदस्यहरुमा शुभराती शाह, महरानी थारु, ओम प्रकाश चौधरी, उर्मिला चौधरी तौलेश्वर यादव सहित २३ सदस्यीय कार्य समिति चयान भएको छ ।

त्यसै क्रममा जिल्ला समन्वय समितिको लागि कृष्णकुमार चौधरी, गम्मी रैदास, रहिश शाह र प्रभु यादवलाई चयन गरेको छ । नव निर्वाचित सम्पुर्णलाई पार्टीका नेताहरुले संघीयतालाई स्थापित गराउना खटिनु पर्नेमा जोड दिदै सफल कार्यकालको शुभकामना दिए ।

शुभकामना मन्तव्य दिँदै फोरमका केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ का संसदीय दलका नेता सहसराम यादवले अहिलेको सरकारका २ नं. प्रदेश बाहेक सबै प्रदेशले संघीयताको मर्म नै नबुझेको बताउँदै फोरम संघीयताको पक्षधर रहेकोले संघीयता टिकाउन फोरम नेपालको अहम् भूमिका रहेको छ ।

तसर्थ सम्पूर्ण नेता कार्यकर्ताहरुले संघीयताको पक्षधर भएर अगाडि बढ्नु पर्ने बताएका छन् । साथै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य मंगल प्रसाद गुप्ता, रामवरण यादव प्रदेशका प्रवक्ता अब्दुल अकरम पठान, प्रदेशका युवा नेता शैलेश प्रताप शाह, शिवपुजन यादव, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, थरुहट तराई प्रदेश सदस्य रामनिवास यादव लगायतको शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ