फोरम नेपाल कपिलवस्तुमा यादव

राजनीति

4/30/2019

कपिलवस्तु, १७ बैशाख । संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुको सर्वसम्मात रुपमा शैलेन्द्र कुमार यादव अध्यक्षमा निर्वाचित भएका छन् ।

आइतबार भएको अधिवेशनमा यादवको नेतृत्वमा ३६ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

यादवलाई अध्यक्ष सर्वसम्मत घोषण गर्दै बाँकी पदका लागि बैठक बसी कार्यसमिति विस्तार गर्ने निर्वाचन समितिका संयोजक संदीप पाण्डेयले बताएका छन् ।

नवनिर्वाचित अध्यक्षसगैं जिल्ला समन्वय समितिका लागि १० वटै स्थानीय तहका ३६ जना सदस्यहरुलाई टिका लगाई तथा गम्छाले सम्मान गर्दै फोरम नेपालका केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ का संसदीय दलका नेता सहसराम यादव, केन्द्रीय सदस्य रामबरण यादव लगायतले सफल कार्यकालको शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ