दिलिप कुमार यादव, कपिलवस्तु, १२ वैशाख । संघीय समाजवादी फोरम नेपाल यो देश नै चलाउने पार्टीको रुपमा स्थापित भएको फोरम नेपालको केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ को संसदीय दलका नेता सहसराम यादवले बताएका छन् ।
उनले पार्र्टी नयाँ विचार र सिद्धान्त बोकेर संसारभर चम्कदै गएको बताए । फोरम नेपाल कपिलवस्तु नगरपालिकाको प्रथम नगर अधिवेशनमा बोल्ने नेताहरुले अबको आन्दोलनको नेतृत्व फोरमले गर्ने बताए ।
उनीहरुले आगामी दिनमा फोरम विनाको सरकार बन्न नसक्ने दावी गरे । कार्यक्रममा पार्र्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ को संसदीय दलका नेता सहसराम यादवले पार्टीको सबै तहतपकका नेता तथा कार्यकर्ताहरु ईमन्दारीपुर्वक निर्वाह गर्नु पर्ने जोड दिए ।
आगामी निर्वाचनमा फोरमले कपिलवस्तु नगरपालिका सहित कपिलवस्तुका सबै स्थानीय तहमा जित्नुपर्ने बताएका छन् । यसै बीच संघीय समाजवादी फोरम नेपाल कपिलवस्तु नगरपालिकाको प्रथम अधिवेशनले जुबेर अहमद खानको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
तपाईको प्रतिक्रिया