कैलाली, २६ फागुन । थरुहट नेता लक्ष्मण थारुले फेरि शान्तिपूर्ण आन्दोलन थालिने चेतावनी दिएका छन् ।
टीकापुर घटनामा तीन वर्षको जेल सजाय भोगेर छुटेपछि धनगढी आइतबार धनगढी पुगेका नेता थारुले आयोजित पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएका छन् ।
उनले प्रदेश सीमांकनप्रति आफूहरुको असन्तुष्टि अझै कायमै रहेकोले त्यसलाई सच्याउन पुनः आन्दोलनको थालनी हुने बताए ।
जिल्ला अदालत कैलालीले बुधबार रेमश चौधरीसहित ११ जनालाई जन्मकैद र थारुसहित १२ जनालाई ३ वर्ष जेल सजाय सुनाएको थियो ।
तीन वर्ष जेल सजाय भोगिसकेका कारण थारु बुधबार नै सेन्ट्रल जेलबाट छुटेका हुन् ।
तपाईको प्रतिक्रिया