नेपालगन्ज, ५ पुस । जनमत पार्टी बाँकेले आफ्नो संगठन विस्तार गरेको छ । शनिबार जनमत पार्टी बाँकेले संगठन विस्तारसँगै क्षेत्रीय र स्थानीय निकायको इन्चार्ज समेत तोकेको हो ।
जनमतका नेता इरफान अहमद शेषका अनुसार आफ्नो संगठन बलियो पार्न नयाँ रणनीतिक रूपमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १–२३ सम्मको वडा इन्चार्ज समेत तोकेको छ ।
नेपालगन्ज वडा नं. १ मा गुलाम हुशेन शेष, २ मा शैलेन्द्र कर्ण, ३ मा संजय शाह, ४ मा अल्ताफ राई, ५ मा रमेश कुमाल, ६ मा मुनिम अंसारी, ७ मा अलि हुशेन अंसारी, ८ मा साबिर अलि अंसारी, ९ मा विनय पाण्डे, ११ मा अल्ताफ राई, १२ मा नाजमा बागवान, १४( मा इर्साद राई, १५ मा रितिक चौधरी, १६ मा नौसाद अंसारी, १७ मा सुरेन्द्र बर्मा, १८ मा संजय हरिजन, १९ मा संजय हरिजन, २० मा राम प्रसाद यादव, २१ मा मुजफ्फर शेष, २२ मा आजाद शाह र २३ मा मुकिम अंसारीलाई वडा इन्चार्ज तोकिएको छ ।
त्यस्तै क्षेत्रीय इन्चार्जहरु क्षेत्र नं. १ मा हरपाल सिंह सिख र क्षेत्र नंबर २ मा अनवर खान आजादलाई सिफारिस गरिएको जनमत बाँकेका नेता रियाज शेष (अंसारी) ले बताएका छन् ।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाको इन्चार्जको रूपमा रियाज अहमद शेषलाई सिफारिस गरिएको नेता हरपाल सिंहले बताएका छन् ।
जनमतका नेता इरफान अहमद शेषले प्रशिक्षण समेत गराएका छन् । इरफान अहमद शेषको अध्यक्षतामा बैठक बसि विभिन्न निर्णहरु गरिएको अर्का जनमत का नेता अब्दुल वाहिद शेषले जनाएका छन् ।
आगामी दिनमा संगठन बलियो पार्न विभिन्न प्रकारको कार्यक्रमहरु संचालन गर्ने नेता अब्दुल वाहिद शेषले बताए ।
क्षेत्र नंबर १ का इन्चार्ज हरपाल सिंहले अब संगठन बलियो पार्न द्रुतगतिमा आगाडी बढ्ने उद्घोष गरेका छन् ।
तपाईको प्रतिक्रिया