काठमाडौं, ३ साउन । रुपन्देही जिल्लाको बुटवल–भैरहवा सडकको मध्यभागमा राखिएको भगवान गौतम बुद्धको मुर्ति तोडफोड गरिएको घटनाप्रति साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको छ ।
नेपालका गौरव, शान्ति र सह–अस्तित्वका प्रेरक गौतम बुद्धको मुर्ति तोडफोड गर्ने कार्य गम्भीर सामाजिक अपराध हो ।
साझाका प्रवक्ता डा.सूर्यराज आचार्यले शुक्रबार एक विज्ञप्ति जारी गरी ‘यो निन्दनीय कार्य हाम्रो संस्कृति र धार्मिक सद्भावप्रतिको प्रहार पनि हो ।’ भनेका छन् ।
यो घटनाको सूक्ष्म अनुसन्धान गरी तोडफोड गरिएको ठाउँमा तुरुन्त मूर्ति पुनर्स्थापन गर्न, भविष्यमा यस्ता कार्य हुन नदिन आवश्यक सतर्कता र सुरक्षा प्रबन्ध मिलाउन साथै दोषीलाई यथाशीघ्र कानुनी कारवाही गर्न साझा पार्टी सरकार समक्ष आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया