बाबुराम र उपेन्द्रको ‘समाजवादी पार्टी नेपाल’

राजनीति

5/4/2019

काठमाडौं, २१ बैशाख । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ ।

बाबुराम र उपेन्द्रले ‘समाजवादी पार्टी नेपाल’ को घोषणा गर्ने भएका छन् । सोमबार प्रज्ञा प्रतिष्ठानमा पार्टी एकीकरणको घोषणा हुने भएको छ ।

समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान, जातीय, लैंगिक, वर्गीय र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने उद्देश्य लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ