‘ब्ल्याक आउट’ नै गर्ने हो : महतो

राजनीति

9/19/2019

काठमाडौं, २ असोज । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले असोज ३ गते संविधान दिवसका आफ्नो पार्टीले ‘ब्ल्याक आउट’ गर्ने बताएका छन् । उनले संविधान दिवसका दिन ७० प्रतिशत जनताले ‘ब्ल्याक आउट’ गर्ने पनि दाबी गरे ।

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बोल्दै महतोले संविधान बनेको ४ वर्ष भइसक्दा पनि सबै जनताले उत्साहपूर्वक संविधान दिवस मनाउने अवस्था नआएको टिप्पणी गरे ।

महतोले आक्रोशित हुँदै भने, ‘दिपावली होइन, ब्ल्याक आउट गर्ने हो, यो देशका मधेशी, जनजाती, थारू, दलितले ब्ल्याक आउट गर्छ । देशका ७० प्रतिशत जनताले संविधान दिवस मनाउन चाहिरहेको छैन । सबैलाई राष्ट्रघाति घोषणा गरिदिने ?’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ