नेकपाको प्रदेश स्तरीय बृहत्त प्रशिक्षण कार्यक्रम

राजनीति

2/16/2020

बाँके, ५ फागुन । बाँकेको कोहलपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बृहत्त राजनीतिक कार्यक्रम आयोजना भएको छ । दुई हजार बढी अगुवा कार्यकर्ता, जनप्रतिनिधि लगायतको सहभागितामा राजनीतिक प्रशिक्षण आयोजना गरिएको हो ।

प्रशिक्षणमा नेकपा अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टी महासचिव विष्णु पौडेल, सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रदेश ५ का पार्टी इन्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल लगायतका केन्द्रीय नेताहरुले प्रशिक्षण दिएका छन् । 

नेकपा ५ नम्बर प्रदेश समितिको आयोजनामा आइतवार प्रशिक्षण र सोमबार कोहलपुरमा प्रदेश बैठक राखिएको हो ।

‘कार्यक्रममा प्रदेश भित्र रहेका पार्टीका स्थायी कमिटी सदस्य, केन्द्रीय कमिटी सदस्य, संघीय सांसद, प्रदेश पार्टीका पदाधिकारी लगायत सम्पुर्ण सदस्य, प्रदेश सभा सदस्य, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मन्चका सदस्य, प्रदेश बिभागका सदस्य, जिल्ला कमिटी सदस्यको सहभागिता रहेको पार्टीका बाँके सचिव अशोक कोइरालाले बताए ।

उनका अनुसार, पार्टीका पालिका कमिटीका अध्यक्ष र सचिव, पालिकामा बिजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, समायोजनपछिका जनवर्गीय संगठनका पदाधिकारी सदस्य, जिल्ला संयोजक, सह संयोजक लगायतको सहभागिता छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ