परिमाण नआउने गरी बजेट खर्च गर्नुको अर्थ छैन : भट्ट

राजनीति

5/14/2019

धनगढी, ३१ बैशाख । नाफा कमाउने उद्देश्य नराखी नागरिकलाई सेवा दिने उद्देश्यले सुदूरपश्चिम प्रदेशले बस सेवा संचालन गर्न लागेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले बस सेवा सञ्चालन गर्ने जानकारी दिए । सोमबार धागढीमा आयोजना गरेको प्रदेश बस सेवा सञ्चालनसम्बन्धी अध्ययन, अन्तक्र्रिया तथा परामर्श गोष्ठीलाई सम्बोधन गर्दै उनले हतारमा बस किनेर स्रोत खेर फाल्नुभन्दा विस्तृत रुपमा अध्ययन गरी सम्पूर्ण तयारीका साथ बस सेवा सञ्चालन गर्न निर्देशनालयलाई निर्देशन दिए ।

प्रदेश सरकारको छुट्टै एकाइ गठन गरी, स्थानीय तहसँग साझेदारी गरी, निजी क्षेत्र वा सहकारीसँग साझेदारी गरी बस सेवा सञ्चालन गर्न सकिने विकल्प दिएका छन् ।

बस किनेर सडकमा बिना यात्रु गुडाउनुभन्दा परिमाणममुखी काम गर्न आवश्यक छ, उनले भने । बजेट कार्यान्वयन भएन भन्ने प्रश्न स्वाभाविक रुपमा आउँछ तर परिमाण नआउने गरी बजेट खर्च गर्नुको अर्थ छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ