भट्टराईको अभिव्यक्ति मुलुकमा फेरि विखण्डन निम्त्याउने खालको : रावल

राजनीति

8/28/2019

धनगढी, ११ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले डा.बाबुराम भट्टराईमाथि विखण्डन निम्त्याउन लागेको आरोप लगाएका छन् ।

धनगढी पुगेका नेकपा नेता रावलले बुधबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा डा.भट्टराईको अभिव्यक्ति मुलुकमा पुनः विखण्डन निम्त्याउने खालको भएको बताएका छन् ।

गत शनिबारदेखि सोमबारसम्म टीकापुरमा चलेको थारुहरुको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै डा.भट्टराई अधिकार प्राप्तिका लागि आफूहरु साथ रहेको बताएका थिए ।

उनले अधिकारका लागि भएको आन्दोलनमा थारु नेता रेशम चौधरीलाई किन थुनामा राखेको समेत प्रश्न उठाएका थिए ।

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भटट्टराईको सोही अभिव्यक्तिप्रति नेता रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ