काठमाडौं, २८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. २ कमिटीका सदस्य एवं युवा नेता कृष्ण कुमार गुप्ताले भारत नेपालको अशल छिमेकी राष्ट्र रहेकोले नेपालको भूमि मिच्ने काम गर्न नसक्ने दाबी गरेका छन् ।
उनले प्राविधिक कारणवश नेपालका भूमि भारतको नक्सा परेको हुनसक्ने बताउँदै भारतले जहिले पनि नेपालको विकास र समृद्धि चाहेको तर्क गरेका हुन् ।
खुल्ला सिमानाका कारण कहिलेकाँही यस्ता समस्याहरु आउने गरेकोले कुटनीतिक पहलबाट नै समस्याको समाधान निकाल्नेपर्ने सरकारलाई सुझाव दिएका हुन् । छिमेकी मुलुकहरु चीन र भारतले नेपालको स्वाधिनतामाथि कहिल्यै प्रहार नगर्ने उनको टिप्पणी छ ।
भारत सरकारको नयाँ नक्सा अर्कै परियोजनको भएको भन्दै हालै भारत सरकारले जम्मु कश्मिरसम्बन्धी गरेको निर्णयका लागि मात्रै नयाँ नक्सा सार्वजनिक गरेको उनको दाबी छ । उनले यदि यस्तो त्रुटि भएकै हो भने नेपाल सरकार र भारतसरकारबीच अविलम्ब छलफल हुनुपर्ने जिकिर गरे ।
तपाईको प्रतिक्रिया