ललिपुर, ११ पुस । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्री के.पि. शर्मा आलीले भ्रष्टाचारीलाई निर्लज्ज भएर अंकमाल गरेको बताएको छ ।
उनले उक्त कुरा संघीय समाजवादी महिला फोरम तथा महिला शक्ति नेपालबिच ललितपुरको ग्वार्कोमा भएको समाजवादी महिला संघ, प्रदेश नम्बर ३ को समायोजन कार्यक्रममा बताएको हो ।
सहअध्यक्ष श्रेष्ठले गोकर्ण रिसोर्ट प्रकरणले के.पि.ओलीको सुशासन र भ्रष्टाचार अन्त्यको राजनीतिक नारा उदांगिएको बताए । उनले पूर्व राजाबाट राज्यको नाममा ल्याएको सम्पतिलाई लूटको धन फुपुको श्राद्ध भने जस्तै व्यापारिक प्रयोजनका लागि समेत प्रयोग गर्न दिएर नीतिगत भ्रष्टाचार र कमिशनतन्त्रलाई प्रोत्साहित गरेको बताए ।
सांसद श्रेष्ठले वर्तमान प्रधानमन्त्रीले क्याविनेटबाट निर्णय गरी उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्रीको हैसियतमा अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिन पठाएर संयुक्त सरकारको मुल्य र मान्यता विपरीत विदेशमै भएको बेला अर्को मन्त्रालयमा कार्यभार तोकेर कुटनीतिक रुपमा अपरिपक्वता प्रदर्शन गरेको मात्र नभई देशकै बेइजत गरेको बताए ।
आफ्नो पार्टीले प्रधानमन्त्रीको यस्तो व्यवहार सहेर पनि संविधान संशोधनको ध्येय पूरा गर्न सरकार नछोडेको तर संविधान संशोधनको गृहकार्य गर्न कानून मन्त्रीको हैसियतमा लगेको प्रस्तावलाई अस्विकार गरेको हुँदा पार्टी सरकारबाट बाहिरिएको बताए ।
तपाईको प्रतिक्रिया