भोलीदेखि राजपाको संयोजक भण्डारी

राजनीति

3/17/2020

काठमाडौं, ४ चैत । भोली बुधबारदेखि राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको संयोजक शरत्सिंह भण्डारी हुने भएका छन् ।

६ जना अध्यक्ष रहेको राजपामा चक्रीय प्रणालीअनुसार दुई–दुई महिनामा अध्यक्षमण्डलको संयोजक परिवर्तन हुने प्रावधान रहेको छ ।

सोही प्रावधानअनुसार भोलीदेखि अध्यक्षमण्डलको जिम्मेवारी भण्डारीले पाउनेछन् । यसअघि महेन्द्र राय यादव संयोजक थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ