विपक्षीहरुले सरकारलाई असफल बनाउन खाजेको मुख्यमन्त्रीको आरोप

राजनीति

5/2/2019

बुटवल, १९ वैशाख । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारलाई असफल बनाउने प्रयास भइरहेको बताएका छन् । सरकारको गति देखेर विपक्षीहरु बदनाम गराउने खेलमा लागेको उनको दाबी छ ।

मजदूर दिवसको अजसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, देश सुधारका प्रयासहरू सहन नसकेर केही शक्तिहरूले विभिन्न प्रोपोगाण्डा गरी सरकारलाई असफल बनाउन खोजिरहेका छन् तर, देश बनेरै छाड्छ ।

’संघीय, प्रदेश र स्थानीय तहका धेरै नेकपाको सरकार रहेको भन्दै उनले तीनै तह मिलेर काम गर्ने र देशलाई समृद्ध बनाएर छाड्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ