माग सम्बोधन भए सरकारमा जान सकिन्छ : महतो

राजनीति

2/22/2020

जनकपुरधाम, १० फागुन । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताका मुद्दा सम्बोधन नभएसम्म सरकारका जान नसकिने बताएका छन् । महतोले संविधान संशोधन, रेशम चौधरीसहितको रिहाइ र आफ्ना कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता नभएसम्म सरकारमा जान नसकिने बताए ।

धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर २० देवपुर रुपैठामा धर्मशाला शिलान्यास गर्दै नेता महतोले भने, ‘जनताका मुद्दा सम्बोधन भएपछि सरकारबारे सोच्न सकिन्छ ।

तर अहिले सरकारमा जाने कुनै कुरा छैन ।’संसद विकास कोषको रकम पहिला चार करोड रहेको र अहिले ६ करोड भएको बताउँदै उनले यो सम्पूर्ण रकम जनताकै लागि खर्च गरिने बताए । ‘यो पैसा तपाईंहरुकै हो ।

यसबाट तपाईंहरुकै योजना कार्यान्वयन हुन्छ,’ उनले भने । संसदीय कोषको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत २५ लाख रुपैयाँ लागतमा धर्मशाला निर्माण गरिने भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ