प्रदेश २ को नाम मिथिला–भोजपुरा राखौं : निधि

राजनीति

9/24/2019

जनकपुरधाम, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा संघीयता र लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन् । दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत धनुषाको नगराइनमा आयोजित आमसभामा उनले संघीय सरकारले संविधान बमोजिमको अधिकार प्रदेशलाई दिन नचाहेको टिप्पणी गरे । 

उपसभापति निधिले संविधानमा प्रदेश र स्थानीय तहका अधिकारबारे स्पष्ट उल्लेख भए पनि संघीय सरकारले केन्द्रीकृत मानसिकता त्याग्न नसकेको आरोप लगाए । सरकारले प्रस्ताव गरेको नागरिकता सम्बन्धी विधेयकमाथि समेत उनले असन्तुष्टि व्यक्त गरे । वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी पुरानो व्यवस्थामा कुनै हेरफेर भए आफ्नो पार्टी आन्दोलनमा उत्रिन बाध्य हुने उनको भनाइ थियो । 

‘नेपालमा अब कुनै मधेशवादी पार्टी छैन । सबैले आ–आफ्नो दलको नामबाट मधेश शब्द हटाइसकेका छन्, साइनबोर्डमा समेत मधेश देखिँदैन । अब आफूलाई मधेशवादी भनेर जनता ठग्ने काम बन्द गर्नुपर्छ’, उनले भने । प्रदेश २ को नाम मिथिला–भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने निधिको धारणा थियो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ