मोदीलाई ओली, प्रचण्ड र महतोको बधाइ

राजनीति

5/24/2019

काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा चुनावमा विजयी भएकोमा बधाइ दिएका छन् ।

भारतमा भएको निर्वाचनमा देशैभर प्रधानमन्त्री मोदीको दलले ठूलो मतान्तरसहित अग्रता कायम गरेको छ । प्रधानमन्त्री मोदी र उनको दल बहुमतसहित पुनः निर्वाचित हुने निश्चित देखिएपछि प्रधानमन्त्री ओलीले ट्विट गर्दै बधाई दिएका हुन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई लोकसभा चुनाव २०१९ मा प्राप्त गरेको चुनावी जीतका लागि बधाई दिन्छु’, ट्विटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आगामी दिनमा सफलताको कामना गर्छु । निकट सम्बन्धमा रहेर काम अघि बढाउन प्रतीक्षारत छु ।’

यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भारतका प्रधानमन्त्री मोदी र उनको पार्टी भारतीय जनता पार्टीलाई बधाई दिएका छन् ।लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएको भन्दै प्रचण्डले बधाई तथा शुभकामना दिएका हुन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । यसैगरी, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि पूर्ण नतिजा नआउँदै भारतीय प्रधानमन्त्रीलाई बधाई दिएको छ ।

महतोले आफ्नो फेसबुकमा स्टाटस पोष्ट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका हुन । महतोले फेसबुकमा लेखेका छन्, ‘मित्र राष्ट्र भारतमा लोकसभा निर्वाचनको मतगणनामा उत्साहजनक नतिजा हासिल गर्दै पुनः प्रधानमन्त्री बन्दै नरेन्द्र मोदी र उँहाको पार्टी भारतीय जनता पार्टीलाई हार्दिक बधाईको साथै पूर्ण सफलताको कामना गर्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ