माधव नारायण नपाको ५ वडामा फोरमको कमिटी गठन

राजनीति

3/27/2019

रौतहट, १३ चैत । रौतहट जिल्लाको १८ वटै स्थानीय तहमा संघीय समाजवादी फोरम नेपालको वडा अधिवेशन तीव्र रुपमा भइरहेको छ ।

पार्टी केन्द्रीय कार्य समितिले जारी गरेको सर्कुलेशन अनुसार वड़ा, नगर अधिवेशनको कार्य शुरू गरिएको हो ।

माधव नारायण नगरपालिकाका ५ वटा वडाको विधिबत अधिवेशन सम्पन्न भाइसकेको जिल्ला इन्चार्ज विन्देश्वर यादवले जानकारी दिएका छन् ।

चैत्र महिना भित्रमा पार्टीको जिल्ला अधिबेशन सम्पन्न गर्ने लक्ष्यको साथै वडा नगर अधिबेशन गर्ने कार्य भैरहेको इन्चार्ज यादवले बताए ।

माधव नारायण नगरपालिका वडा नम्बर ४ मा रामईश्वर राय यादवको अध्यक्षतामा १३ सदस्यीय, वड़ा नम्बर ५ मा मेघु साहको अध्यक्षतामा २५ सदसीय वडा कमिटी गठन गरिएको छ । जिल्ला सहसंयोजक श्यामविहारी यादव, नगरप्रमुख वीरेन्द्र प्रसाद यादवको विशेष उपस्थितिमा वडा कमिटी गठन गरिएको छ ।

वडा नम्बर ७ मा राम उपनेत महतोको नेतृत्वमा २१ सदस्यीय, वडा नम्बर ८ मा रमेश गिरीको अध्यक्षतामा २१ सदस्यीय तथा वडा नम्बर ९ मा सुरेश सहनीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन भएको जिल्ला संयोजक यादवले जनाएका छन् ।

चैत्र २२ गतेसम्म सम्पूर्ण नगर, वडाको अधिवेशन सम्पन्न हुने त्यसपछि जिल्ला अधिवेशनको तयारीमा जुट्ने जिल्ला कार्य समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ