ललितपुर, १३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २०औं स्मृति दिवसका अवरमा शुक्रबार सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
मनमोहनले सुरु गरेको आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गर्नुभयो” प्रधानमन्त्री ओलीले भने “उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पूरा गर्छ ।”
प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुईखाले चलखेल सुरु भएको बताए । “उहाँले ती समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर उहाँसँग समय रहेन” प्रधानमन्त्री ओलीले भने “उहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौत मार्फत द्वन्द्वको समाधान ग¥यौं र राजतन्त्र सदाका लागि विदा ग¥यौं ।”
प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यति बेलै धेरै काम गर्न खोजेको बताए । “उहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पूरा गर्छौं” प्रधानमन्त्री ओलीले भने ।
तपाईको प्रतिक्रिया