वीरगन्ज, ६ वैशाख । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मुलुकमा प्रतिनिधित्व गर्नका लागि आफैलाई सक्षम बनाउनुपर्ने बताएका छन् ।
मरकजी जमियते अहले हदीस नेपालद्वारा वीरगन्जको बहुअरीमा शुक्रबारदेखि आयोजित तीनदिने मानवता संरक्षण अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री राउतले अरुलाई दोष थुपार्नुभन्दा पनि आफूले आफैलाई सक्षम बनाउनुपर्ने बताए ।
मुलुकमा मुस्लिम समुदायको प्रतिनिधित्व छैन, ठूला ठुला पदमा मुस्लिम समुदायको व्यक्तित्व छैन भन्नु भन्दा पनि आआफ्नो बाबालिकाहरुलाई सानैदेखि विद्यालय पठाई सक्षम बनाउनुपर्ने बताए ।
उनले हाम्रो समुदायमा एउटा नराम्रो बानी छ, सानैदेखि बालबालिकाहरुलाई मदर्शामा पठाउने, अलि ठूलो भयो कि त्यसलाई काममा लगाईदिने, वैदेशिक रोजगारमा पठाउने अनि मुलुकमा मुस्लिम समुदायको प्रतिनिधित्व भएन भनेर अरुलाई दोष थुपार्नु भन्दा बालबालिकाहरुलाई सानैदेखि शिक्षा प्रदान गरि मुलुकमा प्रतिनिधित्व गर्न सक्ने क्षमतावान बनाउनुपर्ने बताए ।
क्षमता भयो भने सफलता हातमा हुन्छ, जुनसुकै स्थानमा पनि प्रतिनिधित्व गर्न सकिन्छ भन्दै मुख्यमन्त्री गद्दीले मुस्लिम समुदायका बालबालिकाहरुलाई प्रदेश सरकारले प्रत्येक जिल्लामा स्थापना गर्न लागेको मदर्शा स्कुलमा उर्दु लगायत नेपाली, अँग्रेजी, विज्ञान, गणित सम्पूर्ण विषयको पढाई हुने बताए ।
मदरसामा हुने गरेको उर्दु भाषाको पढाई मुलुकमा खासै प्रयोग नहुने गरेको कारण पनि मदरसामा पढेका बालबालिकाहरुलाईको भविष्य उज्जवल नहुने गरेकोले अबको दिनमा मदरसामा पनि उर्दुको साथसाथै मुलुकलाई चाहिने सम्पूर्ण भाषाको पढाई हुनेगरि वातावरण तयार गर्न प्रदेश सरकार लागि परेको बताए ।
मरकजी जमियते अहले हदीस नेपालका अध्यक्ष मौलाना हारुन सल्फीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी, सहअध्यक्ष जमीयतुल ओलना, मुस्लिम फोरम नेपालका अध्यक्ष मौलाना नुरुल होदा, संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवं सासद प्रदीप यादव, सांसद विमल प्रसाद श्रीवास्तव, शेख चाँदतारा, नेता हरिनारायण रौनियाहर, प्रदेशसभा सदस्य जन्नत अंसारी, मन्जुर अंसारी, करीना बेगम, प्रहलाद गिरी, सिंहासन साह कलवार, मुस्लिम वल्ड लिगका शेख शाद साउद अल्लहारसी, भारतबाट मौलाना खुर्सिद अहमद मदनी, बंगलादेशबाट प्रो. सहादुल ईस्लाम, श्रीलंकाबाट महम्मद मुम्ताज, युकेबाट जफरुल हसन, नेपाल रेडक्रस सोसाईटी प्रदेश नं. २ का अध्यक्ष फुलमहम्मद अंसारी, वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, उपमेयर शान्ति कार्की, जिल्ला समन्वय समितिका सभापति नेकमहम्मद अंसारी, मुस्लिम समुदायका डा. कमरुल होदा अंसारी, नेपाल मुस्लिम रिलिफ सोसाईटीकाका अध्यक्ष अब्दुल खैर अंसारी, जाहेरुदीन अंसारी, जहुर आलम अंसारी लगायतकाले आआफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेकोमा उनी उपस्थित नभएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई प्रमुख अतिथि बनाइएको थियो ।
उदघाटन समारोहमा आजको जुमा नमाजÞ कार्यकम स्थलमा अरब देशका डाक्टर मुबारक नासिरले पढाएका थिए । जुमा नामजमा हजारौंको सहभागीता रहेको थियो । सम्मेलनमा मौलाना अजÞीजÞ तुर्बत मदनी तीन दिनको कार्यक्रमको देस बिदेस का विद्धवानहरुको प्रवचन कार्यकम बारे प्रस्तुति गरेका थिए ।
नेपाल मुस्लिम रिलिफ सोसाईटीका सचिव शम्सेद अख्तरले संचालन गर्नु भएको कार्यक्रममा नेपालका ७७ वटा तथा विभिन्न देशका गरी हजारौंको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया