काठमाडौं, २३ चैत । पूर्वमन्त्री एकनाथ ढकालले नयाँ विश्व ब्यबस्था हाक्न सक्ने युवा नेतृत्व आजको आवश्यकता रहेको बताएका छन् ।
“राष्ट्र निर्माणमा युवा नेतृत्व“ बिषयक कार्यक्रममा बोल्दै नेता ढकालले फराकिलो दृस्टिकोण, सार्बजनिक चिन्तन, उच्च मूल्यमान्यता र देशभक्तिको भावनाले ओतप्रोत नेतृत्वले मात्र समाज र राष्ट्रमा सकारात्मक रुपान्तरण गर्न सक्छ भन्दै युबाहरुलाई सफलता हँसिल गर्न सहि मार्ग अबलम्बन गर्न पनि सुझाब दिए ।
युवा बिद्धार्थी शान्ति संघद्वारा आयोजित कार्यक्रममा विभिन्न युवा नेतृत्वलाई “युथ एम्बासडर फर पिस“ द्वारा सम्मान गरियो । सम्मानित हुनेमा गायककार सुमित पाठक, कबि सुबाश सिंह पराजुली, गायिका प्राशना पाण्डे, रीतिका अधिकारी छन् ।
कार्यक्रममा युवा बिद्धार्थी शान्ति संघ नेपालका अध्यक्ष प्रकाश बाबु थापा, गायिका इन्दिरा जोशी, बरिष्ट गायक आनन्द जोशी लगायतले मन्तब्य राखेका थिए ।
तपाईको प्रतिक्रिया