‘सरकारले सीमा विद्हरुलाई राखेर भारत सरकारसँग कुरा गर्नुपर्छ’

राजनीति

11/14/2019

काठमाडौं, २८ कार्तिक । नेपाल–भारत सीमा विवादलाई सरकारले कुटनीतिक पहल गर्नुपर्ने नेपाल–भारत सीमा सम्वाद समूहका सदस्य अनिल महासेठले बताएका छन् । उनले अहिले सीमा सम्बन्धी जुन विवादहरु देखिएको छ, यसमा पहिला सरकारले नै जनतालाई प्रष्ट्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनी भन्छन्, ‘हाम्रो सीमामा केही विवाद छ भने छिमेकी मुलुकसँग कुटनीतिकस्तरमै छलफल गरेर समाधान गर्नुपर्छ ।’

‘नेपालको सीमा भारतसँग मात्रै जोडिएको छैन, चीनसँग पनि जोडिएको छ । त्यहाँ पनि धेरै ठाउँमा नेपालको सीमा मिचिएको भन्ने कुराहरु आइरहेको छ । तर, नेपालमा राष्ट्रवादी बन्ने होड वा राजनीतिक फाइदाका लागि जनतालाई भ्रममा पार्न यस्तो विवादहरु ल्याउने गरिन्छ ।’ उनले भने । 

सदस्य महासेठले यस विषयमा हाम्रो सरकार, परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायले कुरा गर्नुपर्ने सुझाव दिएका छन् । यदि नेपालको भूमि भारतको नक्सामा देखाइएको छ भने कुटनीतिक तवरबाट समाधान निकाल्नुपर्ने सदस्य महासेठको छ । 

उनी भन्छन्, ‘तर, खोक्रो राष्ट्रवादी देखाउनका लागि कुनै छिमेकी मुलुकको झण्डा जलाउने, जुलुस निकाल्ने, पुतला दहन गरेर समस्याको समाधान आउँदैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ