सीके राउतले काठमाडौँमा ‘रंगभेद विरुद्ध’ आमसभा गर्ने

राजनीति

11/10/2019

काठमाडौँ, २४ कार्तिक । डा. सी.के. राउतको जनमत पार्टीले मंसिर ७ गते काठमाडौंमा रंगभेद विरुद्ध आमसभा गर्ने भएको छ । रंगभेद विरुद्धको अभियान स्वरुप सो आमसभा हुन लागेको कार्यक्रम संयोजक सञ्जय यादवले बताए । 

राजनीतिक उद्देश्यका लागि नभई मानवीय भावनाले सो कार्यक्रम गर्न लागिएको उनले बताए । कुनै पनि व्यक्तिमाथि उसको छालाको रंगकै आधारमा विभेद हुन नहुने र यो दण्डनीय अपराध रहेकाले त्यसप्रति सचेतना जगाउनका लागि कार्यक्रम केन्द्रित हुने जनाइएको छ । 

राउत केही महिनाअघि सरकारसँग सम्झौता गरी मुलधारको राजनीतिमा आएका हुन भने जनमत पार्टी दर्ता पनि गराएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ