राजनीतिक र कूटनीतिक पहलबाट कालापानी विवाद समाधान गरिने : प्रचण्ड

राजनीति

12/5/2019

कैलाली, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र कूटनीतिक पहलबाट कालापानी विवाद समाधान गरिने बताएका छन् ।

प्रेस संगठनले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो कुरा बताएका हुन् ।

उनले संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन् ।

सुरुमा नै अन्तरर्राष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने तर्क प्रचण्डले गरेका छन् ।

सरकारले सो विषयमा भारतलाई पत्र पठाएको बताउँदै त्यसको जवाफ भने आइनसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ