काठमाडौं, २० फागुन । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोको स्वकीय सचिव पदबाट राजीनामा दिएका रविन्द्र कुमार चौधरी (राजेश)ले विभिन्न किसिमका आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।
चौधरीले महतोले मधेश र आन्दोलनका मर्मविपरीत विभिन्न क्रियाकलाप गरेको आरोप लगाएका छन् ।
‘राजेन्द्र महतोले समानुपातिक सांसद बनाउन आर्थिक चलखेल गर्नुभएको छ । अध्यक्षमण्डलका संयोजक हुँदा पनि आर्थिक हिनामिना गरेको अध्यक्षमण्डलमा चर्चा छ ।’ चौधरीले मधेशवाणीलाई भने ।
उनले महतोले विभिन्न भ्रष्टाचारहरु गरेकोले त्यसको आफू साक्षी भएर बस्न नसक्ने भएकोले विवश भएर राजीनामा दिएको बताएका छन् ।
तपाईको प्रतिक्रिया